महाधिवेशन प्रतिनिधिहरुले गगन थापालाई उचालेर पछारे
काठमाडौं—महाधिवेशन प्रतिनिधिहरुले गगन थापालाई उचालेर पछारेका छन् ।
विशेष महाधिवेशनमा नाम टिपाउँदै गगनको हौसला बढाएका ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएपछि गगन पछारिएका हुन् ।
शेरबहादुर देउवा र शेखर कोइराला निकटका महाधिवेशन प्रतिनिधिले नै गगनलाई उचालेर विशेष महाधिवेशन गर्न लगाई घरको न घाटको बनाइदिएका हुन् ।
महाधिवेशन प्रतिनिधिले नाम फिर्ता लिएको दावि पछि निर्वाचन आयोगलाई आधिकारिकताको निर्णय गर्न सजिलो भएको छ ।
शुक्रबार बिहान कांग्रेसको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।
‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ,’ उनले भने ।
गत पुस २७ देखि चार दिन काठमाडौंमा चलेको दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई चयन गर्दै नयाँ नेतृत्वलाई निर्वाचित गरेको हो ।
बिहीबार गगन समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा दस्तावेज बुझाएको छ भने शुक्रबार देउवा समूहले आयोग पुगेको हो ।
आयोगले विधि र प्रक्रिया बाहिर गएर कुनै पनि निर्णय नगरिने दुवै पक्षलाई जवाफ दिएको छ ।