इक्यान फेयरको तेश्रो दिन : विद्यार्थीहरुको उत्साहजनक सहभागिता (फोटो फिचरसहित)
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १३ औं इक्यान शैक्षिक मेलाको तेश्रो दिन विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । पहिलो र दोश्रो दिनमा विद्यार्थीको सहभागिता न्युन भएपनि आज उत्साहजनक सहभागिता देखिएको हो ।
बिहीबारदेखि सुरु भएको १३ औं इक्यान शैक्षिक मेलामा बर्षाका कारण पहिलो र दोश्रो दिन विद्यार्थी सहभागिता हेही न्युन भएको पनि आजको विद्यार्थी सहभागिताले इक्यानियनहरुका उत्साव थपिएको छ ।
विद्यार्थीले मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी लिएको छन । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चारवटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
शनिबार नायिका केकी अधिकारी र निर्देशक विशाल भण्डारीको उपस्थितिले पनि मेलाको रौनकता थपिएको थियो । उनीहरुले विद्यार्थीहरुसंग फोटो खिच्दै विदेशमा सुरक्षिक अध्ययनका लागि सुझाव समेत दिएका थिए । केपि अधिकारीले ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो तर उतै हराउनु नराम्रो । तपाईहरु पनि विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कनु होला । मेरो शुभकामना छ ।’ उनले अन्य शैक्षिक मेलापनि इक्यानकै मेला भएको जस्तो लाग्ने भन्दै इक्यानको फेयरमा सहभागि भएर लाभ लिन विद्यार्थीहरुलाई शुझाव समेत दिइन ।
त्यस्तै, निर्देशक विशाल भण्डारीले इक्यानले गरेको स्वागत कार्यक्रममा विद्यार्थी कालमा आफू पनि यसरी नै स्टल भिजिट गर्दै कन्सल्टेन्सीको सल्लाह अनुसार अगाडी बढेको बताए । यसरी सुझाव लिदै जाँदा अध्ययनका लागि सहजता हुँने उनको भनाई छ ।
- फाइल तस्वीर






















