सरकारी कर्मचारीको हर्कद छताछुल्ल, फोटोमा हेर्नुहोस् भाइरल हुने रहर ?
कालिकोट – शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय कालिकोटका कर्मचारीहरुले मनपरि गदै आइरहेको पाइएको छ । मंगलवार विहान १० वजेर ३० मिनेटको अफिसिएल समयमा अफिसको टेवुलमा खुटा राखेर युट्युवमा मस्त रहेको फोटो सार्वजनिक भएपछि सरकारी कर्मचारीको हर्कद छताछुल्ल भएको छ ।
टेवुल माथि खुटा राखेर मोवाईलमा युट्युव चलाइरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि उनको सर्ववत्र आलोचना भएको छ । अफिस समयमा यस्तो किन गर्नुभयो भनी सोध्दा नेत्र शाही नाम गरेका ति कर्मचारीले उल्टै पत्रकारलाई धम्क्याउँदै जेसुकै गर्न चेतावनी दिएका छन् । उनले उल्टै टेबुलमाथि खुटा राखे के हुन्छ ? भन्दै प्रति प्रश्न गरेका छन् ।
उनले भने, ‘जे गर्नु छ गर्नुहोस, समचार बनाउनुहोस झन चर्चित भइन्छ । मलाइ केहि छैन् । जागिर जाने पनि डर छैन । करार जागिर गएपनि केहि चिन्ता छैन । मलाई जवरजस्ति राखेका हुन्, मलाई ईकाइमा जागिर खान रहर पनि छैन ।’
यस विषयमा कार्यालय प्रमुख महेश देवकोटालाई जानकारि गराउदा गल्ति भएको भन्दै माफि मागेका छन् । कालिकोट आएको २ महिना मात्र भएको जानकारी गराउँदै देवकोटाले आफू कार्यालयको अध्ययनकै क्रममा रहेको बताए । उनले भने, ‘कर्मचारीको नामा दुई जना कार्यालय सहयोगी मात्र छन । सहयोगीलाई केहि भनौ भने उनीहरु पनि नवस्ने चिन्ता छ । त्यसैले म केहीपनि भन्नसक्ने अवस्थामा छैन् ।’
नपढेका कार्यालय सहयोगी रहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयमा कान गर्नपनि असहज भएको छ । दुई जना प्रा.स स्थायी कर्मचारीको माग पटक पटक गर्दा पनि कोही नआइदिदा यो समस्या आइपरेको प्रमुख देवकोटाले भनाई छ ।
