निर्मलाकै कारण गृहमन्त्रीको पद धरापमा, नेवि संघले दियो कडा चेतावनी ?
काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष बलात्कारपछि हत्या गरिएको घटनाले फेरी बजार तताएको छ । त्यही घटनाका कारण गृह मन्त्रीको पद धरापमा परेका विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली त्यही एउटा घटनाका कारण पटक पटक विवादित बनिरहने भएकाले गृहमन्त्री फेर भएपछि दोशी पत्ता लगाउने सोचमा रहको श्रोतको दावि छ । केहि दिन अघि गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्मला पन्त पक्ररणमा मन्त्री थापाले दिएको अभिव्यक्तिका कारण गृहमन्त्री थापाको व्यापक आलोचना भइरहेको छ ।
निर्मलाको जस्तो घटना पहिले पनि भएको र आगामी दिनमा पनि हुन सक्ने भन्दै उनले यसलाई सामान्य रुपमा लिनु पर्ने बताएपछि ओली रुष्ट बनेको ओली निकट श्रोतको भनाई छ । एक बर्षसम्म पनि गृहमन्त्रीले घटनाको सत्यतथ्य बाहिर ल्याउन नसक्दा उनी आलोचित छन् ।
त्यस्तै, निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको सन्दर्भमा नेवि संघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।
निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलमा प्रर्दशन गरेको हो ।
‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।
निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।