राजनीतिमा प्रधानमन्त्री ओलीको शक्ति वासना
काठमाडौं – ‘ग्रहण’ मा अधि जोड़िए पछी ‘अधिग्रहण’ र यो सव्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ, त्यस्तै ‘नायक’ मा अधि जोडिएपछी ‘अधिनायक’ यसले पनि त्यस्तै अर्थ दिन्छ सवै क्षेत्रमा राजनीतिमा , अर्थनीतिमा, शिक्षानीतिमा , संचारनीतिमा अरु सवैको नायकतत्व हरण गरेर आफैले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ यसलाई सर्वसत्तावाद भनेर वुज्दा पनि हुन्छ ।
अहिलेको वर्तमान ओलि सरकार यही वाटोमा अग्रसर हुदैछन, उनको यो पथले राष्ट्रमा अस्तव्यस्ततालार्इ निम्तो दिन्छ र यसको नतिजा अर्थात भोली ओलि पथले आफू र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै शक्तिलार्इ स्थापित गर्ने मार्गप्रशस्त गर्दै छन जस्तो देखिन्दैछ।
अहिलेको ने.क.पाको सरकारको अधिनायकवाद, सर्वसत्तावाद, प्रवृतीले राजशाही व्यवस्थालार्इ समेत विर्साउने गरि आफ्नो नेतृत्वको सरकारको परिचयको स्वरुप बनाउदैछन् ।
राजनीतिमा शक्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्ने भन्दा धैरै नै ज़्यादा खतरनाक, क्रुर, हिंसक र स्वार्थी हुन्छन, यिनिहरुलार्इ मात्रै शक्ति चाहिन्छ, शक्ति, र महान तथाकथित नेता वन्न चाहान्छन् । सहज वहुमत हुदा हुदै अन्य राजनीतिक दललार्इ समेत मन्त्रिमण्डलमा समावेश गरेर दुइ तिहाई मत पुर्याउनु नै शक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पार्टीको यस संसारमा कालान्तारमा पतन भएको पनि देखिएको छ।
यिनिहरुमा कस्तो भावनाना हुन्छ भने सवै हामीहरुको अगाडी शिर झुकाउन, मलाइ राष्ट्रनायक घोषित गरुन , यस्तै यस्तै विकृत मानसिकता राजनीतिमा शक्ति वासना पाल्ने शासकमा देख्न पाइन्छ ।
- लेखक ओम आचार्य
अर्को तर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेस सभामा सभामुख र उपसभामुख एउटै पार्टीको रहने व्यवस्था छैन, पूर्व एमाले र पूर्व माओवादी एकिकरण हुनभन्दा अघि त ठिक्कै थियो एकिकरण पश्चात एउटै पार्टी रहेको हुँदा एक पद छाडनु पर्ने संवैधानिक व्यवस्था वमोजीम त्यो नछाड्ने तर्क जसरी आइरहेको छ त्यो संविधानको भावना विपरित प्रस्तुत भएको देखिएको छ ।
कुरा चै नेकपा पार्टीको शक्ति वासना नै हो र यस्तो वासना अव सर्वत्र देखिन्दै जानेछ जुन कुरा लोकतन्त्रको लागि ख़तरा को शंकेत हो ।
सरकार प्रमुख हुनेले राजदण्डको प्रयोग गर्छ तर त्यो शक्ति वासना पाल्नेले चै राजदण्ड गलत ठाउँमा प्रयोग गर्छन र त्यही हुनाले नै तुलसीदासलार्इ अकवरले कैद गरे, मुग़लहरुवाट शिखका दश गुरुले पनि राजदण्ड झेले, रोमन साम्राज्यमा पनि एकजनालार्इ सुलिमा वाधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो, नेलशन मण्डेलाले पनि राजदण्ड झेले र पुरै ज़िन्दगी जेलमा विताए, चिनमा नै नोवेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पुर्ण जीवन कारागारमा विताउनु पर्यो ।
अहिले प्रधानमन्त्री केपी ओलीले यही शक्ति वासना पलाएको र पाल्दै गरेको देखिन्छ र यही राजदण्डको भय डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलार्र्इ निस्तेज गर्न खोजिन्दै छ, अहिले यही राजदण्ड कै वल वुतामा आफ्नो राज्यसत्ता संचालन गर्न लागिपरेका छन् । र यस्तो अवस्थामा न्याय कानुन अर्थात कानुनी राज्य त्यो राजदण्डसंग हार्दै जान्छ ।
प्रधानमन्त्रीमा शक्ति वासना छ र त्यो वासनाको उदाहरण प्रधानमन्त्रीको कार्यलयमा गृहको गुप्तचर विभाग, अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु शक्ति वासनाको प्रमाण हो । र यि सवै शक्तिको भोक हो वासना । हो यस्तो भोक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुदैनन् । र यो भोक बड्दै जानेछ । जस्तो मानव अधिकार आयोग, पत्रकार आचारसंहिताका कुरा यिनै शक्ति वासनाले ल्याएका कुरा हुन् ।
चाहे राष्ट्र होस् चाहे सरकार होस् यिनिहरुको राजनीतिमा मुख्य उद्देश्य शक्ति प्राप्त गर्नु हो र त्यो शक्तिको प्रभावमा, दवावमा आफूलार्इ स्थापित गर्दै जानु हो । आफ्नो विचारलार्इ लागु गर्दै जानु हो तर यहाँनेर त्यो शक्ति कसरी प्रयोग भइरहेछ, र किन प्रयोग भइरहेछ त्यो चै राजनीतिक विश्लेषकहरुले, विचारकहरुले, मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन ।
अहिले नेकपाको शक्ति वासनाले गरेको राज्य संचालनलाई वर्तमान नेपालको राजनीति मुल्य हिन भन्नु पर्ने हुन्छ । मुल्यहिन राजनीति मात्रैको भविस्य छैन । भोलि माथि उल्लेख गरिएका राजनीतिक विश्लेषक, राजनीतिक विचारक र मानव अधिकारवादीको पनि यही निष्कर्ष आउछ।
