विप्लवकी दिदीको निधनप्रति नेकपा (माओवादी) बागमती प्रदेशद्वारा दुःख व्यक्त

बुधबार, २१ असोज २०८३

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीकी जेठी दिदी तुलासा सीको निधनप्रति नेकपा माओवादी बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ । प्रदेश इन्चार्ज माइला सीले शोक व्यक्त जारी गर्दै दिदीको असामयिक तथा दुःखद् निधनको खबरले बागमती प्रदेश कमिटीलाई अत्यन्त मर्माहत बनाएको भन्दै दुःख व्यक्त गरेको हुन् ।

‘यस दुःखद् घडीमा तुलसा सीप्रति भावपूर्ण श्रद्धाज्जली अर्पण गर्दै शोकसन्तप्त आदरणीय महासचिव कमरेड विप्लव सी, केन्द्रीय सदस्य कमरेड जयन्द्र सीलगायत सम्पूर्ण परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण कमरेडहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’ माइला सीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

‘यस दुखद घडीमा हामी तुलसा सी प्रति भावपुर्ण श्रद्धाज्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’, वक्तव्यमा अगाडि भनिएको छ, ‘यो पिडादायी क्षणमा हाम्रो प्रदेश पार्टी परिवारजन तथा पार्टी नेतृत्वको साथमा छ। आदरणीय तुलसा दिदीको पार्टी क्रान्तिमा रहेको योगदान र प्रेरणा सदैब सम्मानका साथ सम्झिरहने छौं ।’