प्रेरक प्रसंग : जो हिड्यो, उ पुग्यो

बुधबार, २ पौस २०७६

काठमाडौं – महावीरका आफ्नै ज्वाइँ उनका शिष्य भएका थिए । शिष्य बनेका कारण ज्वाइँलाई बाधा उत्पन्न भइरहेको थियो ।

भारतमा ससुराले ज्वाइँको खुट्टा छुने गर्छन् । यसरी हेर्दा महावीरले खुट्टा छुनुपथ्र्यो । महावीरले उनलाई दीक्षा दिएपछि ज्वाइँ उनको शिष्य बने । अब ज्वाइँले महावीरको खुट्टा छुनुपथ्र्यो । यही कारणले उनलाई पीडा हुन्थ्यो । धेर मानिसहरुले महावीरको विरोध गर्थे । उनीहरुले ज्वाइँले खुट्टा ढोग्नुलाई पनि विरोधको विषय उठाए । ज्वाइँ पनि बिस्तारै महावीरको विरोधी बन्दै गए । उनले महावीरको भनाइमा असङ्गत कुराहरु देख्न थाले ।

विरोधको फलस्वरुप उनले महावीरका अन्य पाँच सय शिष्यहरुलाई भड्काए – ‘महावीरले भनेजस्तो जो अगाडि बढ्छ त्यो पुग्छ भन्ने झुटो हो ।’ महावीर भन्ने गर्थे–‘यदि तपाइँले बिछ्यौना ओछ्याउन सुरु गर्नुभयो भने त्यो अवश्य खुल्नेछ ।’

उनको भनाइ निकै गहिरो थियो तर बुद्धु बुद्धिमानको हातमा प¥यो भने त्यही खतरा हुने रहेछ । ज्वाइँले अन्य शिष्यहरुलाई उक्साउन थाले–‘ महावीरको भनाइ गलत हो । यसको प्रमाण म आफैं गर्छु ।’
उनले एउटा कार्पेट लिएर आए, त्यसलाई पट्याए । अलिकति खोले र रोकिए । त्यसपछि भने– ‘खै कहाँ खुल्यो ? महावीरले खुल्छ भनेका थिए ।’

यसरी उनले पाँच सय शिष्यहरुलाई भड्काए । कहिलेकाँही पण्डितले पनि ज्ञानीका शिष्यहरुलाई भड्काउँछन् किनभने पण्डितका धेरै कुरा तर्कपूर्ण हुन्छन् । उनीहरुले बुद्धिको प्रयोग गर्छन् ।

ज्वाइको कुरा ठीकै थियो । तर्कसंङ्गत थियो । खोल्नेबित्तिकै कसरी खुल्छ ? बीचमै पनि रोकिन सक्छ अगाडि बढ्नेबित्तिकै कसरी पुग्न सकिन्छ ? बिचमै रोकिन पनि सक्छ ।

महावीरले करुणाको आँशु झारे होलान् उनको अरु के नै गर्न सक्थे र सिद्ध त उनी पनि गर्न सक्दैन थिए । उनलाई थाहा छ कुनै व्यक्ति यदि सत्यतिर अगाडि बढ्छ भेने कहिल्यै पनि रोकदैन । बर यस कुरालाई कसरी सम्झाउने ?

सत्यको आकर्षण नै यस्तो हुन्छ । तपाइँ बढ्नुभएको छैन भने पनि यसले तपाईँलाई तान्छ । जो बढ्छ ऊ कहिल्यै रोकिदैन । जो बढेका छैनन् उनीहरु पनि खिचिइरहेका छन् । जो सत्यतिर अलिकति मात्रै पनि झुक्छ सत्यको ऊर्जा र आकर्षणले उसलाई चुम्बकले खिचेजस्तै खिच्नेछ । जसरी छतबाट ढुंगा खसाउँदा तल झर्छ ।