किन लेखेँ मैले महिलालाई धर्धरी रुवाउने कथाहरु ?

सोमबार, १९ असोज २०८३

काठमाडौं – हालै चर्चित लेखक प्रेमकृष्ण श्रेष्ठको बजारमा एक कृति आएको छ – ‘डेरामा बस्ने केटी ।’ प्रकाशित भएको महिना नपुग्दै कृतिले निकै चर्चा पायो । राष्ट्रिय र अन्तराष्ट्रिय पाठकहरुको प्रमुख रोजाइ नै बन्यो, डेरामा बस्ने कृति । कृति यसकारण सर्वाधिक रोजाइ बन्न पुग्यो कि यसमा समावेश भएका सबै कथाहरु उतिकै ससक्त थिए । मानव मनलाई छुने खालका थिए ।

‘आमा म अब सेतो लुगा लाउँदिन’ कथा पढेर एक महिला पाठक रोएको फोटो निकै मार्मिक छ र हामीले यस फोटोलाई उहाँकै अनुमतिमा साझा गरेका छौँ ।

त्रिवि पुस्तकालयका पूर्व प्रमुख आइ पि अधिकारीले ‘डेरामा बस्ने केटी’ कथा संग्रहका कथाहरु अन्र्तराष्ट्रियस्तरको भएको र यसलाई अंग्रेजीमा अनुवाद गरेर विश्वव्यापी गनुपर्ने मोटिभेट न्युजलाई बताए । सामाजिक अभियन्ता अभिनव बज्रको सर्वप्रिय कृति भनी पहिलेदेखि नै चर्चामा छ ।

देशभरिका कैयन महिला पाठकहरुलाई कथाले छोए पछि सोधिएको प्रश्नमा लेखक श्रेष्ठले एउटै प्रश्नमा आफ्नो जवाफ टुंग्याए– किन लेखेँ मैले महिलालाई धर्धरी रुवाउने कथाहरु ? केले प्रेरित गर्यो मलाई रुन्चे कथाहरु लेख्न ? पुस्तक अहिले निकै चर्चामा छ ।