नेपाली जनतालाई खुशिको खवर, पर्याटन मन्त्रीले ल्याए ‘भिजिट २०२०’ सफल बनाउन गजवको योजना

आइतबार, २६ साउन २०७६

काठमाडौं – माननिय संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले भिजिट २०२० सफल पार्नका लागि सबैलाई ‘भिजिट २०२०’ को लोगो आफूले चलाउने समाजिक संजालमा राख्न अपिल गरेका छन् ।

देशमा गरिवी निजारण, रोजगारी सृजना तथा देशको दिगो विकासका लागि सरकारले भ्रमण बर्ष २०२० लाई ‘भिजिट २०२०’ घोषणा गरेको बताउँदै यसलाई सफल बनाउन सम्पूर्ण नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा एउटा अफिल पोस्ट गदै मन्त्री भट्टराईले सामाजिक संजाल फेसबुक, ट्वीटर, गुगल, इन्ट्राग्राम लगायतका सामाजिक संजालहरुमा भिजिट २०२० को लोलो राखेर अभियान सफल बनाउन आग्रह गरेका हुन् ।