दिन दाहाडै काठमाडौंमा सांसद लुटिएपछि..
काठमाडौं – प्रदेश ३ कि सांसद भावना सुवेदी दिन दाहडै लुटिएकी छन् । व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी सांसद सुवेदीको पर्स लुटिए हो ।
न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आइतबार अपरान्ह ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताइन्। ‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन,’ उनले भनिन्, ‘कतिबेला लुटियो भन्ने पनि यकिन भएन।’
सुवेदीको पर्समा सात हजार रुपैयाँ र केही महत्वपूर्ण सामानहरू थिए। सुवेदीका अनुसार बैंकमा एटिएम कार्ड, सांसद परिचय पत्र लगायत थिए।
‘एटिएमको पिन नम्बर पनि त्यहीँ लेखिराखेकी थिएँ,’ उनले भनिन्, ‘पिन नम्बर प्रयोग हुने डरले बैंकमा पुगेर रिपोर्ट गरेकी छु।’
उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन्।