विप्लवका अर्का जिल्ला सेक्रेटरी पक्राउ

आइतबार, २६ साउन २०७६

बर्दिया – प्रहरीले नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका अर्को जिल्ला जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । प्रहरीले बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको हो ।

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।