अतिरिक्त क्रियाकलापमा सबैलाई उछिन्दै एभरेष्ट कलेज (फोटो फिचर)

सोमबार, २७ साउन २०७६

काठमाड – एभरेष्ट कलेजद्वारा आयोजित बिबिए चौथो सेमेष्टरका विद्यार्थीहरूको व्यक्तित्व विकास एवम् उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पूर्व मिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाको प्रत्यक्ष निर्देशन र नेतृत्वमा सञ्चालित सो कार्यक्रममा ६४ जना छात्रछात्राहरूले विभिन्न १२ शीर्षकहरूमा प्रतिभा प्रदर्शन गरेका थिए ।

साप्ताहिक रूपमा दश दिनसम्म सञ्चालित उक्त कार्यक्रममा साल्सा नृत्य, उद्घोषण प्रशिक्षण र साजसज्जाका लागि क्रमशः स्रोत व्यक्ति रियाज श्रेष्ठ, सञ्चारकर्मी सञ्जय गुप्ता र मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूले वक्तृत्वकलाका साथै व्यक्तित्व विकासका विविध क्रियाकलापमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रशिक्षणको अन्तिम दिनमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभालाई सञ्चारकर्मीद्वय माल्भिका सुब्बा र विवेक सिंहले मूल्याङ्कन गरेका थिए ।

सीप र प्रतिभाको मूल्याङ्कनबाट छनोट भएका विद्यार्थीहरूलाई कलेजका सिइओ विष्णुहरि पाण्डेले पुरस्कृत गर्दै कलेजद्वारा बेलाबेलामा आयोजना गरिने यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको पढाइका साथै व्यक्तित्व र वक्तृत्वकलाको विकासमा मद्दत पुग्ने बताए ।

सो प्रशिक्षणमा सहभागी विद्यार्थीहरूमध्येबाट क्रमशः उत्कृष्ट समूहका लागि निस्ता सुनुवार, विकेन्द्र खुलाल बस्नेत, प्रिति के.सी. र प्रकृति पोखरेल, उत्कृष्ट विजयी उद्घोषक निस्ता सुनुवार र जान्वी जैसी, उत्कृष्ट उद्घोषक फस्ट रनरअप सुप्रिया कार्की र बिकेन्द्र खुलाल बस्नेत, उत्कृष्ट उद्घोषक सेकेन्ड रनरअप प्रिति के.सी. र अनु गिरी, प्रशिक्षणको सुरुदेखि अन्त्यसम्ममा विशेष परिवर्तनका साथ क्षमता प्रदर्शनका निम्ति उत्कृष्ट इभोलुसन अवार्ड लिजा डोङ्ग तामाङ्ग, उत्कृष्ट ब्लगका निम्ति रेबिका राना मगर, उत्कृष्ट श्रव्यदृश्य मन्तव्य (भिडियो स्पीच) का लागि जान्वी जैसी, उत्कृष्ट विज्ञापनका निम्ति अनु गिरी, दलबहादुर जीटी, ईशा अधिकारी र अनिश राउत र उत्कृष्ट समीक्षकका लागि सुप्रिया कार्की पुरस्कृत भएका थिए ।

विगत २१ वर्षदेखि सञ्चालित एभरेष्ट कलेजमा कक्षा ११, १२ र त्रि.वि. बाट सम्बन्धन प्राप्त बिबिए, बिबिएम, बिसिए, बिबिएस र एमबिएसका कक्षाहरू सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूलाई कक्षाशिक्षणका अतिरिक्त अन्य क्रियाकलापमा संलग्न गराउँदै आएको हुनाले नै कलेज विद्यार्थीहरूका निम्ति अध्ययन र व्यक्तित्व विकासका लागि उचित गन्तव्य बन्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त एभरेष्ट कलेज विशुद्ध व्यवस्थापन विषय मात्र अध्ययन–अध्यापन हुने शिक्षण संस्थाका रूपमा स्थापित छ ।