प्रचण्डलाई झट्का, कसले बढायो प्रचण्डको तनावको पारो ?

मंगलबार, ३ भाद्र २०७६

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई झट्का लागेको छ । उनको अप्रत्यक्ष लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएपछि उनलाई झट्का लागेको हो ।

अजेयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपाल ब्राण्डको मोबाइल सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको हो । बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको बताइएको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले प्रचण्डको पावर देखाउँदै कुनै पनि बक्यौता तिरेन । प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिए । उनले कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको बताए ।

यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो ।

अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ ।

यो कम्पनीले प्राधिरकणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फ्रिकेन्सी पाएको थियो । यो कम्पनी अहिलेसम्म तोकिएको शर्त पुरा गरेर शहरी क्षत्रेसम्म आईपुगेको छैन ।

प्राधिकरणले गत चैतमासंसदीय समितिको निर्देशनअनुसार बक्यौता तिर्न भन्दै सबै दूरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्मको समयसीमा दिएको थियो ।

तर, असारभित्र पनि कम्पनीले बक्यौता नबुझाएपछि साउन ६ गते स्पष्टीकरण सोधेको थियो । कम्पनीले भने जवाफमा काठमाडौंमा सेवा विस्तार गर्न दिइए मात्रै बक्यौता तिर्न सकिने जवाफ फर्काएको थियो । कम्पनीको लाइसेन्स खारेज भएपछि प्रचण्डले ओलीलाई भनेर निणर्य बदर गर्न लगाउनसम्ने बुझिएको छ ।