फेकन फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मंगलबार, ३ भाद्र २०७६

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले आयोजना गर्न लागेको फुटसल प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको छ । भदौ ६ र ७ गते काठमाडौंको बालुवाटारमा रहेको एक्सेल फुटसलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पृरा भएको आयोजकले जनाएको छ ।

‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ सम्पन्न हुने प्रतियोगीतामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । फेकनका सदस्य तथा फुटसल प्रतियोगीताका संयोजक उमेश कुश्वारका अनुसार प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय तथा उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोल गर्नेलाई पुरस्कारको ब्यबस्था पनि गरिएको छ ।

जस अनुसार प्रथम हुने टिमले मेटल तथा ट्रफि सहित ५० हजार नगद पुरस्कार पाउने छ । त्यस्तै दृतिय र तृतियले क्रमस ३० हजार र २० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोल गर्नेलाई पाँच हजार पुरस्कारको ब्यबस्था रहेको कुश्वारको भनाई छ । फुटवल संघ (एन्फा)को मान्यता प्राप्त रेफ्रि सुदिपराज पाण्डे र युनाल मल्लले प्रतियोगिता खेलाउने बताइएको छ ।

पुटसल प्रतियोगितामा इन एसोसिएसनको रुपमा सिलिङ्क एजुकेशन सेन्टर सहभागि भएको छ भने मार्क एजुकेशन फाउण्डेशन र ओसिस अब्रोर्ड स्टडि एण्ड सर्भिसेसले प्रायोजन गरेका छन् । त्यस्तै अन्य विभिन्न कन्सल्टेन्सीहरुले कार्यक्रम सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गरेका छन् ।

प्रतियोगिता अवधिभर गोलनेपालले लाइभ गर्ने आयोजकले जनाएको छ ।