अस्मिता कार्की साधारण तारेखमा रिहा, रविलाई किन पाँच लाख धरौटी ?
काठमाडौं – पत्रकार शालिकराम पुडौनी आत्माहत्या प्रकरणमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन् । उनी सहित पत्रकार युवराज कँडेल र टेलिभिज प्रस्तोता रवि लामिछाने क्रमस तीन लाख र पाँच लाखमा रिहा भएका छन् ।
यसरी हेर्दा रवि लामिछाने यो मुद्धामा अलि बढि दोषि देखिएका छन् । जिल्ला अदालत चितवनले उनलाई पाँच लाख धरौटीमा रिहा गर्दै उनको कार्यक्रम सिधाकुरा जनतासँमा शालिकराम पुडासैनीबारे केही पनि नबोल्न भनेर अंकुश लगाएको छ ।
हुन् त यो थुनक्षेक बहस पछिको आदेश मात्र हो फैसला होइन् । तरपनि एउटा मुद्धामा पक्राउ परेका तीनै जनालाई फरक फरक खालको तारेख वा धरौटीमा छोड्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अदालतमा पेश भएका प्रमाणका आधारणमा सबैलाई छुट्टा छुट्टै आदेश सुनाएको छ ।
प्रमाणमा रवि लामिछानेले प्रहरीलाई वा अनुसन्धानलाई प्रभावित पारेको वा पार्ने आशंमा भएको हुनसक्ने धेरैको आशंका रहेको छ । उनले कार्यक्रम मार्फत अनुसन्धान प्रभावित पार्नसक्ने भन्दै बढि धरौटी राखेको धेरैले आशंका रहेको छ ।
यो मुद्धा किनारा लाग्न अझै केही महिना लाग्ने छ ।