चितवनमा फेरी २ जना मृत भेटिए

सोमबार, १६ भाद्र २०७६

चितवन – चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ ।

सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।