कस्तो छ आजको मौसम ? हेर्नुहोस आजदेखि तीनदिनसम्मको मौसम अपडेट

मंगलबार, १७ भाद्र २०७६

काठमाडौं – मनसुन अझै पनि नेपालमा सक्रिय छ । यही सक्रियताकै कारण आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको जसका कारण देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्णतया बदलिको अवस्था छ। साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ
भदौ १७ गते मंगलबार दिउँसो : देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ भने राति : देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भदौ १८ गते बुधबार दिउँसो : देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ राति देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
त्यस्तै, भदौ १९ गते बिहिबार दिउँसो देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।