नविल बैंक र इक्यानबिच ब्यबसायीक सम्झौता
काठमाडौं – नविल बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) विच ब्यबसायीक सम्झौता भएको छ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई छिटो, छरितो र सहुलियत रुपमा स्टुडेन्ट लोन उपलव्ध गराउने गरि सम्झौता भएको छ । सम्झौता अनुसार अव विद्यार्थीले विदेशमा अध्ययनका लागि जान पर्यो भने नविल बैंकका तोकिएका शाखाहरुबाट सहज रुपमा स्टुडेन्ट लोन लिन सक्नेछन् ।
आइतबार होटल अन्नपूर्णमा एक समारोहको आयोजना गरी दुबै पक्षले हस्ताक्षर गरेका छन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र इक्यानका तर्फबाट अध्यक्ष विष्णुहरी पाण्डेले हस्ताक्षर गरेका छन् । अव इक्यानमा आवद्ध ब्यबसायीहरुले स्टुडेन्ट लोन लिन परे नविल बैंकलाई पहिलो प्राथमितामा राख्नुपर्ने छ भने बैंकले ब्यबसायीका स्टाफ लगायतहरुलाई आबश्यक पर्दा लोन विना झनझट उपलव्ध गराउने छ ।
त्यस्तै, बैंकले विद्यार्थीको अफर लेटर नआएपनि लोनको प्रक्रिया अगाडी बढाइदिने भएको छ । कहिले काँही अफर लेटर आएपछि प्रक्रिया थाल्दा विद्यार्थीलाई समस्या हुने भएकाले नविल बैंकले त्यो सुविधा उपलब्ध गराएको हो । बैंकले लोनको समयाबधि पनि १५ बर्षबाट २० बर्ष पुर्याएको छ । अव इक्यानमा आवद्ध कन्सल्टेन्सीहरुको माध्ययमबाट विदेश अध्ययनका लागि जान चाहने विद्याथीहरुलाई नविल बैंकको लोन लिन सहज हुने छ ।