प्रचण्डले हाने अर्को अग्रगामी छलाङ

मंगलबार, २४ भाद्र २०७६

काठमाडौं – प्रचण्डले अर्को अग्रगामी छलाङ हानेका छन् । विगत लामो समयदेखि मेलम्चीको किचलो हटाउन आफ्नै घरवेटीलाई ठेग्गा दिएर अर्को आलोचनाका लागि तयार भएर अग्रगामी छलाङ हानेका छन् । अरु निमार्ण कम्पनीले ढिलासुस्ती गरेको र आफू तथा विभागीय मन्त्री विना मगरको आलोचना गरेको भन्दै जसरी पनि मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि आफ्नै घरवेटीलाई ठेक्का दिएर ठुलो रिक्स मोलेका छन् ।

प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा मन्त्री मगरलाई विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पार्न सुझाव दिएका थिए । शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको हो। सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले बताए।