घुस खाने अर्का सरकारी कर्मचारीले गरे आत्माहत्या

मंगलबार, ७ असोज २०७६

काठमाडौं – घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् । उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

अख्तियारको हिसारतमा २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका थिए । डिप्रेसनको औषधि पनि सेवन गरिरहेका उनले सोमबार बेलुका आत्माहत्या गरेका हुन् । खरिदार पदमा कार्यरत सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार घुस लिएको निष्कर्ष अख्तियारले निकालेको थियो ।

उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।