प्रेरक प्रसंग : हामी मर्न तयार छौं तर…

शुक्रबार, १० असोज २०७६

काठमाडौं – अरबतिरबाट आएका मुसलमान आक्रमणकारीहरुले भारतको पञ्जाब प्रान्तलाई आफ्नो अधीनमा ल्याए । त्यसपछि त्यहाँका जनतालाई तरबार देखाउँदै जबरजस्ती धर्म परिवर्तन गराउन लागे । उनीहरुले पञ्जाबीहरुका गुरु गोबिन्दसिंहका दुई छोराहरुलाई पनि समातेर भने, ‘कि इस्लाम धर्म लेऊ कि मर्न तयार होऔ । इस्लाम धर्म लियौ भने तिमीहरु बाँच्दछौ ।’

गुरु गोविन्दसिंहका छोराहरुले हाँस्तै भने, ‘धर्म परिवर्तन गर्नु भनेको आमा परिवर्तन गर्छु भनेजस्तै हो । आमा परिवर्तन गर्छु भन्नु निर्लज्जतामध्येको पनि ठुलो निर्लज्जता हो, अब रह्यो मर्ने कुरा । मर्नु त अवश्यम्भावी छ । एक दिन त मर्नैपर्छ भने हामी बाँच्ने आशामा निर्लज्जता स्वीकार्न चाहन्नौं । मानिसको जन्मसँगै मृत्यु पनि आएको हुन्छ तर धर्मले त जन्म अगाडिदेखि मृत्यु पछाडिसम्म पनि सँधै साथ दिन्छ ।

त्यसैले हामी मर्न तयार छौं तर धर्म परिवर्तन गर्न तयार छैनौं ।’ गुरु गो गोविन्दसिंहका छोराहरु हाँसीहाँसी र्न तयार भए, धर्म परिवर्तन गर्न तयार भएनन् । यसकारण, धर्म परिवर्तन गर्नु भनेको सबैभन्दा निर्लज्ज काम हो ।