नविना लामाले छुटाएका गुण्डा नाइके दावाका सहयोगी सत्यमान फेरी पक्राउ
भदौ २०, काठमाडौ – गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट नराम्रो शब्दहरु प्रयोग गरी गालीगलौजमा साथै हातखुट्टा समेत भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको एसएसपी सिंहले जानकारी दिए ।
नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको सहयोगीको रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि गत असार २८ गते प्रहरीले पक्राउ गरेको थियो । तर, पूर्व विद्यार्थी नेत्री तथा सांसद नविना लामाले छुटाएकी थिइन् ।