इक्यानको चियापान कार्यक्रम सम्पन्न
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको होटल एभरेस्टमा विजय दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा इक्यानले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको हो ।
इक्यानले शैक्षिक परामर्श क्षेत्रमा सम्बन्धीत सबैलाई बोलाएर शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल लगायत समाजको प्रतिष्ठित ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । हरेक बर्ष गर्दैं आएको बार्षिक कार्यक्रम अन्तरगत इक्यानले यो बर्षपनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।