नेपालमा चलेका विदेशी कलेजहरुको सातो गयो, राज्यको नीतिका कारण तनावमा कलेजहरु

बिहिबार, २१ कार्तिक २०७६

काठमाडौँ– सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरुको सातो लिएको छ । विदेशी लगानीमा नेपालमा चलेका निजी कलेजहरुलाई नयाँ नियमअनुसार प्रक्रिया पूरा गरि नियमसम्बत चल्न सरकारले निर्देशन दिएपछि कलेजहरु तनावमा छन् ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी १५ दिनभित्र नियय पुरा गर्न अल्टीमेटम दिएपछि कलेजहरुको सातो उडेको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले १५ दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा नगरे खारेज गर्ने चेतावनी समेत दिएका छन् ।

मन्त्री पोखरलेका अनुसार शिक्षा निर्देशिका समेत संशोधन भएकाले यसरी चलेका शैक्षिक संस्था नयाँ निर्देशिका अनुसार सवै खारेज गर्नुपर्ने भएकाले उनीहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयावधि दिइएको हो ।

एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडाँै, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल, मल्टी इन्टरनेश्लन काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौ, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाडौ, काठमाडौ भ्याली स्कुल काठमाडौँ, ओरिएन कलेज काठमाडौ, पेन्टागन एजुकेशन काठमाडौँ, एपेक्स लाइफ स्कुल काठमाडौँ, साउथ वेस्टन स्टेट कलेज काठमाडौँ, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।

त्यस्तै कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको बताइएको छ ।