प्रधानमन्त्रीले बोलाएको सवैपक्षिय बैठक सम्पन्न, के के भए निर्णय ?
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् ।
भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेकोमा सबै नेताहरुले आपत्ति जनाउँदै तत्काल भारतसँग सम्वाद गर्न सुझाए सरकारलाई शुझाव दिएका छन् । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ ।
सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । ‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो गर्यो भनेर नेपालले सोध्नुपर्छ, वव्यक्त मात्र दिएर हुँदैन’ बैठकमा सहभागी एक नेताले भने ।
बैठकको लिपुलेक र कालापानी नेपालको भुमि रहेको भन्दै सबै नेपाली साझा धारणा यहि बनाउनुपर्नेमा सहमति भएको छ ।