सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

आइतबार, २९ मंसिर २०७६

काठमाडौं – सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउंदै गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस लामोसाघु जिरी सडकको ५ किलोबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा अहिलेसम्म १२ वटा शव भेटिएको छ,अरु खोजि कार्य भइरहेको जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका प्रमुख सई राजेश दाहालले बताए ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको सई दाहालले बताए। उनका अनुसार उक्त बस दोलखाको कालिन्चोक भ्रमण गरेर फर्कर्दै थियो।