प्रधानमन्त्री निवासमा आगलाली, कति भयो क्षति ?

सोमबार, १४ पौस २०७६

काठमाडौं – नयाँ दिल्लीको लोक कल्याणपुरमा रहेको भारतीय प्रधानमन्त्रीको निवास दिल्लीमा आगलागी भएको छ । भारतीय संचारमाध्यमका अनुसार आगो निभाउने कार्य जारी रहेको छ ।

आगलागी नियन्त्रणमा लिनका लागि ९ वटा दमकल पठाईएको छ । प्रधानमन्त्री निवासको कुन ठाउँमा आगो लागेको हो भन्ने अझै खुल्न सकेको छैन । प्रधानमन्त्री मोदी भित्र छन् वा छैनन् तथा कति क्षेति भयो भन्ने बिषयमा कुनै जानकारी आएको छैन । एजेन्सीको सहयोगमा