विराज भट्टको फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

आइतबार, २० पौस २०७६

काठमाडौं – एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा विराज भट्ट, निकिता चण्डक लगायतको उपस्थिति थियो ।

पूर्वमिस नेपाल समेत रहेकी निकिता चण्डकको डेब्यु फिल्मका रुपमा लिइएको ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरमा विराजलाई एक्सन अभिनेताका रुपमा देखाएको छ । मानकृष्ण महर्जनले छायांकन गरेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन विराज भट्टले गरेका हुन् ।

निर्देशक भट्टकै लगानी रहेको ‘साङ्लो’ अबको माघ २४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।