इरानको क्षेप्यास्त्र आक्रमणमा परि ८० अमेरिकी सैनिकको मृत्यु
एजेन्सी – आज बिहान भएको ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परि ८० जना अमेरिकी सेनाको मृत्यु भएका छ । इराकस्थित अमेरिकी सैनिक बेसक्याम्पसमा इरानले गरेको आक्रमणमा परि ८० जना अमेरिकी सैनिकको ज्यान गएको इरानले दाबी गरेको छ ।
अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको ड्रोन आक्रमण गरी हत्या गरेपछि त्यसको बदलास्वरुप इरानले इराकस्थित अमेरिकी सैनिक बेसक्याम्पमा आक्रमण गरेको जनाएको छ । बुधबार बिहानै अमेरिकी सैनिक क्याम्पमा इरानको तर्फबाट १३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
इरानले ८० जना सैनिक मारिएको दाबी गरे पनि अमेरिकाले भने पुष्टि गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेप्यास्त्र आक्रमणपछि सुरक्षासमितिको बैठक बसालेका थिए । बैठकको निर्णय भने सार्वजनिक गरिएको छैन ।
अमेरिकाले पनि हताहत भएको हुन सक्ने भए पनि के कति क्षति भयो भन्ने जानकारी दिएको छैन । मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी मुलुकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।