किस्ट बैंक र ग्राण्ड बैंककै लाइनमा प्रभु बैंकपनि, व्यवस्थापन पक्षको कमजोरीले बैंक समस्यामा
काठमाडौं – प्रभु बैंकको खराव कर्जा अनुपात बढेको छ । बैंकको खराब कर्जा अनुपात २.५१ बाट बढेर ३.३२ प्रतिशतसम्म पुगेको छ । खराव कर्जाको अनुपात ३ प्रतिशत भन्दा माथि जानुलाई चिन्तजना अवस्था भनेर बुझ्ने गरिन्छ ।
खराव कर्जा भएका बैंकहरु किष्ट, ग्राण्ड बैंकलाई मर्जरमा ल्याएको बैंकको खराव कर्जा दोहोरो अंकबाट तल झार्न सफल भएपनि यस पटक भने बृद्धि भएको छ । ग्राण्ड बैंक तथा किस्ट बैंकलाई मर्जर गरेर बनेको प्रभु बैंकले केही समयअघि आशा देखाएको थियो । तर पछिल्लो पटक बैंकको खराव कर्जा अनुपात बढेपछि किस्ट र गाण्ड बैंककै लाइन पुगेको भन्दै चिन्त व्यत्ति गर्न थालिएको छ ।
बैंक व्यवस्थापकको हेरचक्राईका कारण बैंकको अवस्था अझै नाजुक बन्ने हो कि भन्ने चिन्ता बैक तथा विक्तिय क्षेत्रमा हुन थालेको छ । आठ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको नाफा खराब कर्जा बृद्धिले गर्दा ६२ करोडमै सिमित हुन पुगेको छ भने स्प्रेड दर घटाउनु पर्ने दवावले आगामी चालु त्रैमासमा ब्याज आम्दानीमा असर पर्ने पनि देखिएको छ ।
बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण तयार पार्न प्रभु बैंक यतिबेला लागिपरेको छ । पुस अन्तिमसम्मको डाटा समेटेर सार्वजनिक हुने रिपोर्ट पनि खासै राम्रो नआउने प्रभु बैंकले जनाएको छ ।
खराव कर्जा बढेपछि र आम्दानीमा गिरावट आएपछि प्रभु बैंकको अस्तित्व पनि समाप्त हुने हो की भन्ने चिन्ता बढ्न थालेको छ । बैंक तथा विक्तिय क्षेत्रमा प्रभु बैंकको अवस्थाका बारेमा चिन्त व्यक्त गर्दै बहस हुन थालेका छन् ।
त्यस्तै, प्रभु बैंकले जनता ठग्ने गरेको पाइएको छ । सिधा सिधा जनता ठग्ने गरेको प्रमाण मोटिभेट न्यूजले प्राप्त गरेको छ । बैंकको ठगी सम्बन्धीको विशेष सामाग्री आगामी अँकमा प्रस्तुत गर्नेछौं ।