धादिङमा ठुलो सवारी दुर्घटना, ६ जनाको मृत्यु

मंगलबार, ७ माघ २०७६

काठमाडौं – धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो । ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।