चालकले रक्सीको नशामा सवारी चलाउदा दुर्घटना ,७ जनाको ज्यान गयो ३० भन्दा बढी घाइते

बुधबार, ८ माघ २०७६

 

काठमाडौँ – धादिङको मैदी भञ्ज्याङमा भएको सवारी दुर्घटनाको कारण चालकले मदिरा सेवन गर्नु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।धादिङको ढोला मण्डलीमा पूजा गरी फर्किएका ४५ जना यात्रु सवार आइचर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुई जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर र जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयलाई लिएर ढोला मण्डली मन्दिरमा पूजा गर्न पुगेको उक्त टोली पूजा गरेर फर्कने क्रममा मंगलबार अपरान्ह पौने ४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाका प्रतक्षदर्शीका अनुसार चालकले अत्याधिक मदिरा सेवन गर्नुका साथै सवारीको गतिसमेत तीब्र रहेको थियो । तीब्र गतिको आइचर ट्रकले सन्तुलन गुमाउँदा सडकमै पल्टिएको थियो । दुर्घटनामा गाडीका चालक भुलभुलेका सुवास गुरुङसमेत घाइते भएका थिए ।

दुर्घटनापछि प्रहरी र सञ्चारकर्मीसँग कुराकानी गर्दै चालकको लापरवाहीका कारण दुर्घटना भएको घाइतेले बताएका छन् । चालकले मन्दिरमा पूजा गरिसकेपछि अत्याधिक मात्रामा मासु र मदिरा खाएको उनीहरुले बताएका छन् ।

यतिबेला चालकको पनि काठमाडौंस्थित ट्रमा सेन्टरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु

१। तिलक ब गुरुङ ९३५०, निलकण्ठ नगरपालिका २ भुल्भुले

२।पूर्ण नारायण श्रेष्ठ ९५२०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

३। बिदुर गुरुङ ९२५०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

४। बेल ब गुरुङ ९४६०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

५। ध्वज ब गुरुङ ९३८०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

६। प्रेम ब गुरुङ ९३४०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

७।सेते ब गुरुङ ९६५०, नीलकण्ठ नगरपालिका २ भुल्भुले

थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका घाइतेहरुस्

१। सूर्य बहादुर घले

२। दिनेश गुरुङ

३। रोशन गुरुङ

४। पूर्ण ब मल्ल

५। कमल ब मल्ल

६। नवीन राई

७। चुमन राना मगर

८। धन ब मल्ल

९। पदम ब गरुङ

१०। नीर ब गुरुङ

११। नारायण श्रेष्ठ

दुर्घटनाका अन्य घाइतेहरु

१।नीलकण्ठ नगरपालिका २ भुल्भुलेका वर्ष ५६ का शम्सेर गुरुङ

२।नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ४० को पदम बहादुर गुरुङ

३।नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ६० की विजुली खड्का

४।नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ३३ को कमल गुरुङ

५।नीलकण्ठ नगरपालिका २ भुल्भुले वर्ष ४५ को केशव बहादुर गुरुङ

६।नीलकण्ठ नगरपालिका ४ का वर्ष १२ को नवीन ठकुरी

७।नीलकण्ठ नगरपालिका ४ का वर्ष १२ को मन्जित बहादुर ठकुरी

८।नीलकण्ठ नगरपालिका ३ का वर्ष ४१ को लक्ष्मण गुरुङ

९। नीलकण्ठ नगरपालिका ३ सिमभञ्ज्याङका वर्ष ७२ को कृष्ण बहादुरश्रेष्ठ

१०।नीलकण्ठ नगरपालिका ४ का वर्ष ३० को तिलक श्रेष्ठ

११।नीलकण्ठ नगरपालिका ३ बुल्बुलेका वर्ष २० को सुरज गुरुङ

१२।नीलकण्ठ नगरपालिका ४ का वर्ष ४०को पूर्ण मल्ल

१३।नीलकण्ठ नगरपालिका ४ का वर्ष ४२ को कमल बहादुर मल्ल

१४।नीलकण्ठ नगरपालिका ४ का वर्ष ५६ को हरि बहादुर मल्ल ठकुरी

१५।नीलकण्ठ नगरपालिका ४ का वर्ष ४६ को नर बहादुर गुरुङ

१६।नीलकण्ठ नगरपालिका २ का वर्ष ८० को केदार बहादुर गुरुङ

१७।नीलकण्ठ नगरपालिका ४ का वर्ष ७६को पदम बहादुर गुरुङ

१८।नीलकण्ठ नगरपालिका ४ का वर्ष २८को गोकुल गुरुङ

१९।नीलकण्ठ नगरपालिका २ कावर्ष २९ को नहकुल गुरुङ

२०।नीलकण्ठ नगरपालिका २ का वर्ष २० को समन राना मगर

२१।नीलकण्ठ नगरपालिका २ का वर्ष ७१ को भरत गुरुङ

२२।नीलकण्ठ नगरपालिका २ का वर्ष ६१ को होम बहादुरगुरुङ

२३।नीलकण्ठ नगरपालिका ४ का वर्ष ४८झङ्क बहादुर मल्ल

२४।नीलकण्ठ नगरपालिका ४ का वर्ष ३६ को रजेन्द्र ठकुरी