आस्था राउत र महिला प्रहरीको विवाद पछि चर्चामा रेखा थापा
काठमाडौँ – ‘एक देशले चिनेको महान कलाकार र एक देशका नागरिकको सेवामा अहोरात्र खटिनु भएकी महिला प्रहरी । प्रिय रेखा दिज्यु को सोच अलि फरक र सम्मानयोग्य नै छ ।’ सामाजिक संजालमा भेटिएको यो लेखमा रेखा थापाले प्रहरीसँग खिचेको फोटोबारे चर्चा गरिएको छ ।
अगाडि भनिएको छ ‘हरेक संगठन र हरेक क्षेत्रका नारिहरुमात्र नभएर दुरदराजका सामान्य नारीहरुको वारेमा सोच्न सक्ने हैसियत राख्नुहुने रेखा दिज्यु को यो तस्विरले एउटै कुरा बोल्छ, सम्मान खोज्नेले सम्मानपनि दिन सक्नुपर्छ । केहि समयदेखी आस्था काण्ड बजारमा तातेको छ।एअरपोर्टको सिसिटिभी मा देखिएका दुवै नारी हुन् ।’
आस्था रावतको बारेमा बोल्दै रेखा थापाले भनेकी छन्, ‘नेपालमा हरेक क्षेत्रमा नारीहरुलाई सम्मानजनक स्थान हुनुपर्छ भनेर आवाज उठीरहेको विशेष क्षणमा यस्ता काण्डले मनोबल नै कमोजर हुने र नारीहरुमा सहनशीलता कम भएको हो की भनेर व्याख्या गर्न स्थान ख़ाली गराउनु हुदैन् की जस्तो लाग्छ । ति महिला प्रहरीलेपनि एक्सन लिनुपर्ने त्यस्तो ठुलै घटना जस्तो लाग्दैन् । आस्था राउतलेपनि आफ्नो कमजोरीको महशुस गरेर गाली नै नगर्नुपर्ने हो ।’
उनले अगाडि भनेकी छन्, ‘तर , दुवै नारीमा सहनशीलता नदेखीनु नै यो घटनाले उग्र रुप लिनु हो । यो तलको तस्विर ताजा हो ।’ सामाजिक संजालमा भेटिएको यो लखमा भनिएको छ, ‘दिज्युसंग मेरो संवाद प्राय भइनै रहन्छ । तर, यो तस्विर मैले रेखा दिज्युको वालबाट सापटी मागे । आदरणीय रेखा दिज्युलाई मैले सोधे, दिदि यो तस्विरमा सेल्फी लिदै गरेकी प्रहरी को नाम र पद थाहा छ भनेर ? तर, रेखा दि ले जवाफ दिनु भयो नाई थाहा छैन् ।
कलाकारले अनुहार हेरेर सेल्फी हान्न दिने र प्रहरीले पनि अनुहार हेरेर सुरक्षा दिने सिस्टम कदापी हुनुहुदैन् । म नै सर्वोपरि हु भनेर आक्रोश देखाउदै जाने हो भने आफै दुर्घटनामा परिन्छ । त्यसैले कलाकार र प्रहरीबीचको सम्बन्ध रेखा दी र यि महीला प्रहरीको जस्तै हुनुपर्छ । सवैले ग्रहण गर्ने की ।
