मनाङेविरुद्ध उजुरी दिने एन्फाका कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ कारण यस्तो

शुक्रबार, १० माघ २०७६

 

काठमाडौँ – गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिलन गुरुङ विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई निन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

एन्फा अध्यक्षलाई मनाङेको झापड मिलन भन्छन्, ‘सांसदको मर्यादा राखेर सहेँ’ मनाङेको प्रश्‍न ठगलाई झापड नहानेर के माला लगाउने त
यस्तो छ मनाङेविरुद्धको जाहेरी
जनताले प्रधानमन्‍त्रीलाई त चप्पल हान्छन्, मैले झापड हान्दा के भयो दीपक मनाङेजिल्ला प्रशासनको अनुमति लगत्तै दिपक मनाङे पक्राउ
मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङगे बिहीबार पक्राउ परेका थिए।मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका हुन्।