उत्कृष्ट १५ प्रेरक भनाईहरु
काठमाडौं – मोटिभेट न्यूज डटकममा हरेक दिन सफलताका कथाहरुसँगै विभिन्न व्यक्तित्वहरुका उत्प्रेरणात्मक भनाइहरु पढ्दै आइरहनु भएको छ । आज हामी जीवनमा सफलताको शिखर चुम्न सहयोग गर्ने र खुशि जीवन जीउनका लागि आवश्यक उत्प्रेरणात्मक भनाइहरु यहाँहरुको माझमा राख्दैछौं । कृपया हाम्रा सामग्रीहरु कस्तो लाग्दैछन् ? प्रतिक्रियापनि दिनुहोला ।
१) सफल र असफल मानिसको क्षमतामा खासै धेरै अन्तर पाइदैन अन्तर पाइन्छ त केवल आफ्नो क्षमतालाई पूरा प्रयोग गर्ने चाहानाको मात्रामा । – जोहन सी म्याक्सवेल
२) यदि तिमि पैसाको लागि मात्र काम गर्छौं भने तिमीले पैसा कमाउन सक्नेछौनौ तर यदि आफ्नो कामलाई प्रेमसाथ गर्छौं र आफ्ना ग्राहकलाई पहिलो प्राथमिकता राख्छौ भने तिमि सफल हुन सक्नेछौ । – रे क्राक
३) यदि तिमि आफैले आफ्नो सपना बनाउन तिर लाग्दैनौ भने अरु कसैले आफ्नो सपना बनाउनको निम्ति तिमीलाई प्रयोग गर्नेछ । – धिरुभाई अम्बानी
४) जब कठिनाइहरु आउदछन, तब तिमीले लक्ष्यप्राप्तिको आफ्नो बाटोलाई केही बदल्न सक्दछौ तर लक्ष्य प्राप्त गर्ने आफ्नो विचारलाई नै बदल्ने होइन । – जिग जिग्लर
५) साथमा आउनु सुरुवात हो, साथमा रहिरहनु प्रगती हो, साथमा रहेर काम गर्नु सफलता हो । – हेनरी फोर्ड
६) त्यो व्यक्ति जसले जीवनमा केही गल्ति गरेन भने बुझ उसले जीवनमा केहि नयाँ प्राप्त गरें । – अल्बर्ट आइन्स्टाइन
७) जब तिमि केही गर्न चाहन्छौं भने तिमीले अवश्य बाटो पाउनेछौ गर्न चाहन्नौ भने वस् बाहाना पाउनेछौ । – जिम रोन
८) याद राख, सफलता भनेको यात्रा हो गन्तव्य होइन । आफ्नो क्षमतामा भरोसा राख, तिमीले राम्रो गर्न सक्नेछौ । – ब्रुस ली
९) सफलता खुसीको कुंजी होइन बल्कि खुसी सफलताको कुंजी हो । यदि तिमीले जे गरिरहेका छौ त्यसैमा खुसी पाउन सक्छौ भने तिमीले सफलता हासिल गर्न सक्छौं । – अल्बर्ट स्वेच्गर
१०) सफलताका खासै कुनै गहिरो सुत्रहरु छैनन् । सफलता त वस्, तयारी, कडा मेहेनत र गल्तिहरुबाट सिकिने पाठहरूको समिश्रण हो । – कोलिन पोवेल
११) जो सँग सकारात्मक दृढ मनास्तिथि हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले रोक्न सक्दैन, अनि जो सँग खराव मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन । – थोमस जेफरसन
१२) मानिसले तिमि सफल हुन्छौ हुन्नौ भन्ने कुरामा विश्वास गर्नैपर्छ भन्ने छैन । कडा मेहेनत गर्दै जाउँ, जब तिमि सफल हुनेछौ तब उनीहरुले स्वत तिमीलाई विश्वास गर्नेछन । – स्टेफेन केसी
१३) अरुले तिमीलाई नाम दिन बन्द गरिदेउ, हिजोको विगतले आजको दिनलाई बन्दी बनाउन बन्द गरिदेउ । पूर्ण विश्वास र लगावका साथ आफ्नो जिन्दगीको इन्चार्ज तिमि आफै बन, तब त्यहाँ तिमीले गर्न सक्ने र बन्न सक्ने कुरामा कुनै सिमा हुने छैन । – माइकल जोसेफ्सन
१४) जीवनमा महान कुरा हासिल गर्नको निम्ति हामीले सपना मात्र देखेर हुदैन गर्नु पर्छ, योजना मात्र बनाएर हुदैन विश्वास गर्नु पर्छ । – एनातोली फ्रान्स
१५) बगीरहेको खोलाले ठूला ठूला ढुङ्गा काट्छ, त्यो उसको शक्तिले होइन निरन्तरताले हो । अज्ञात