२ वटा स्कुल बसमा आगलागी

आइतबार, १९ माघ २०७६

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालयको दुई ओटा बसमा शनिबार राति आगलागी भएको छ । स्कुल परिसरभित्र रोकीराखिएको ना ७ ख ८७२८ र ना१क ३२१८ नम्बरको दुई बसमा आगलागी भएको हो ।

आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।