खुशीको खवर : काठमाडौंमा थुनिएर बसेहरुलाई घर पठाउने तयारी गर्दै सरकार

शुक्रबार, ५ बैशाख २०७७

काठमाडौं – सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्नेबारे छलफल थालेको छ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो ।

तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’

स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै पनि निर्णय भएको छैन ।