र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका हेटौडाका चारजनाकै रिपोर्ट नेगेटिभ

शुक्रबार, ५ बैशाख २०७७

हेटौंडा – हेटौंडा उपमहानगरपालिका ४ मा बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ रिपोर्ट आएका ४ जनाको प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट आएको छ ।

तीन जना पुरुष र एकजना महिलाको हेटौंडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको अस्पतालका आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले बताए ।

आरडीटी टेष्टमा पोजेटिभ देखिएकी महिला भने भारतकी हुन् । उनी हेटौंडा ४ मा आफन्तको घरमा आएकी थिइन् ।

आरडीटी टेस्टमा पोजेटिभ देखिएका अन्यमा भारतबाट फर्किएका ६७ वर्षका हेटौंडा उपमहानगरपालिका २ का पुरुष, भारत बैंग्लोरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षीय युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय युवक रहेका छन् ।