राष्ट्रपति कार्यालयले दियो कोरोना उपचारका लागि साढे ९ करोड
काठमाडौं – राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले ९ करोड ५० लाख रुपैयाँ जम्मा गरेको जानकारी दिएका छन ।
