जनतासंँग प्रेम आलेको प्रेम, जसले सयौं विद्यार्थी कहाँ पुर्याए राहत
काठमाडौं – डोटीबाट निर्बाचित संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डोटी जिल्ला इन्चार्ज प्रेमबहादुर आलेले कैलालीको धनगढीमा डेरा गरी अध्ययनरत रहेका विद्यार्थीहरुलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
सांसद आलेका तर्फबाट नेकपाका युवा नेता बिमल शाहीको नेतृत्वमा धनगढी नगरका बिभिन्न क्षेत्रमा डेरा गरी बस्ने एक सय पाँच जनालाई खाद्य सामग्री वितरण गरिएको हो ।
प्रतिविद्यार्थी २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन वितरण गरिएको युवा नेता शाहीले बताए ।
नेता शाहीले दिएको जानकारी अनुसार धनगढी उपमहानगर २ सन्तोषीटोल र चौराहा, वडा नम्बर ५ हसनपुर पिपलचौतारा, वडा नम्बर १ को शिवनगर पशुपती टोलमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
विगत झण्डै एक महिनादेखि लकडाउनका कारण घर जान नपाएका र खाद्य सामग्री नभएका कारण विद्यार्थीहरुलाई छाक टार्न समस्या भएकाले उनले सहयोग गरेका हुन् ।
। संघीय सांसद आलेले लकडाउनका कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई छाक टार्न समस्या भएको गुनासो आएपछि खाद्य सामग्री वितरण गरिएको बताए ।
यसअघि पनि सांसद आलेले आफ्नै निजी खर्चमा डोटीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य साम्रग्री वितरण गरेका थिए ।