प्रेरक प्रसंग : यति असल बन्नुहोस् की क्रोध तपाईंको नजिक आउनै नसकोस !
जापान – समय परिवर्तनशिल छ, समय गतिशील छ । त्यसैले त हामी समयप्रती समर्पित छौं । समयसँग नै आफूलाई राम्रो काम प्रतिको सोचमा समर्पित गर्न सक्यौं भने साच्चै नै हाम्रो जीवन जस्तो सुकै कठिनाइमा पनि सहजै, असल ब्यक्तिको पहिचानका साथ जीवन व्यतित गर्न सक्छौं ।
आज विश्वको अवस्था दुःखद छ । धेरै जटिल समस्या, त्यति धेरै नजिक जटिल समस्या सामाधानको बाटो हाम्रो नजिक हुन्छौ । हामीले यो संकटबाट पक्कै पनि धेरै कुरा सिकेका छौँ, सिक्दै छौँ र सिक्ने छौं । हरेक नराम्रो पाठलाई हामीले नयाँ कुरा सिक्ने अवसरका लागि पनि लिन सक्छौ र सक्नु पर्छ । आज म त्यही विषयमा केहि कुरा लेख्दै छु ।
सकारात्मक दृष्टिकोण कसरी विकास गर्ने ?
सकारात्मक दृष्टिकोण विकास गर्न गार्हो छ तर सम्भव पनि छ । हामीले बाल्यकालमा जस्तो बानी बनायका हुन्छौ, त्यो जीवनभर हामीसँग नै रहन्छ । सकारात्मक दृष्टिकोण बनाउनको लागि बाल्यकाल जस्तो अरु बेला हुदैन । जसले बाल्यकालमा नै सकारात्मक दृष्टिकोण बनायो तिनीहरु यथार्थमा नै भाग्यमानी हुन ।
यसरी भनिरहदा यो नकारात्मक दृष्टिकोण उमेर बढ्दै जादा सुधार्न सकिँदैन भन्ने चाहिँ हैन । जति सजिलो बाल्यकालमा हुन्छ त्यति हुदैन तर सम्भव छ । सम्भव छ भनिरहँदा कतिको मनमा यो प्रश्न चलिरहेको होला कि, कुनै उपाय त होला ?
छ । हामीले आफूमा भएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दृष्टिकोणमा परिवर्तन गर्न आफ्नो जीवनमा केही कदम चाल्नुपर्ने हुन्छ ।
पहिलो कदम : सकारात्मक सोच र खोजी
हामी मान्छे भएको नाताले पनि हरेक बस्तुलाई सकारात्मक रुपमा देख्नुपर्छ । त्यो गलत नै किन नहोस । यदि गलत छ भने गल्ती सुल्झाउन त सक्छौ नि । त्यसलाई बहिस्कार गर्न भयन । कुनै व्यक्ति काम र अवस्थामा खराव हुदैन । हामी अधिकाँशको सोचको ढंग र उनीहरु प्रति हेर्ने नकारात्मक दृष्टिकोणले उनिहरु खराब देखिन पुग्छन।
जसको फलस्वरूप सकारात्मक दृष्टिकोणको व्यक्ति पनि बिस्तारै गल्ती गर्न पुग्छ । अनन्त : ऊ नकारात्मक दृष्टिकोण सरह गल्तीमा आउँछ । सकारात्मक सोचको विकास सर्वप्रथम त हामी आशावादी बन्न जरुरी छ ।
- लेखक : रमेश न्यौपाने
अब प्रश्न उठ्छ : हामी कसरी आशावादी बन्न सक्छौं ?
हामी कसरी आशावादी बन्न सक्छौ त ? तपाईहरुलाई यसरी प्रष्ट पार्न चाहान्छु ।
तपाईं आफूले आफैलाई, मजबुत पार्नुहोस । कुनै पनि धक्काले मनको शान्ति भत्काउन नसक्ने गरि बलियो बन्नुहोस । भेटिने हरेक व्यत्तिःसँग स्वाभाविक रुपले आराम, खुसी र सुख समृद्धिका कुराकानी गर्नुहोस् । हितौसी सबैलाई, उनीहरुका विशेषता र सामार्थ्यको सम्मान गर्नुहोस । व्यवहारिक रुपमै यो आभाष दिनुहोस । हरेक बस्तुमा त्यसको उज्यालो तिर नै ध्यान पुर्याउनुहोस । असल सोच्नुहोस, असल परिणामका लागि काम गर्नुहोस र असलकै आशा राखिराख्नुहोस ।
आफ्नो सफलतामा उत्साहित भएसरह अरुकामा पनि त्यो हार्दिकता देखाउनुहोस । अतितका गल्तिलाई बिर्सेर अबका महान सफलताका लागि शक्ति पुरैलाई केन्द्रित पार्नुहोस । भेटियका जतिलाई विनम्र बनी हार्दिकता प्रकट गर्नुहोस । समय असलमा नै खर्चिनुहोस । अरुका कमिकमजोरी केलाउने फुर्सद मिल्दैनमिलोस । यति बन्नुहोस कि कुनै चिन्ताले तपाईलाई छुनै नसकोस । यति असल बन्नुहोस कि क्रोध, तपाईं नजिक भिड्कनै नसकोस ।
