काठमाडौंको भेटियो एक जनाको शव

आइतबार, ७ बैशाख २०७७

काठमाडौं – काठमाडौंको गुह्येश्वरीमा एक जनाको शव भेटिएको छ । आइतबार टाउको सडेको अवस्थामा भेटिएका उनको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

ती व्यक्तिको झण्डै एक साता अघि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई आइतबार नै पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । नीलो जिन्स पाइन्ट लगाएको अवस्थामा भेटिएका उनको खल्तीमा पाँच सय रुपैयाँ भेटिएको छ ।

अहिले परिसर र अपराध महाशाखा समेतको टोलीले सीसीटीभी फुटेज र आसपासका हराएका व्यक्तिको खोजी गरी उनको पहिचान गर्न सुरु गरेको प्रहरीले जनाएको छ ।

केही दिनअघि भक्तपुरमा समेत टाउको नभएको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो ।