प्रधानमन्त्रीले पार्टी फुटाउने प्रस्ताव ल्याएपछि प्रचण्डले लिए एक्सन

सोमबार, ८ बैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरुले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरुलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।