नेपाल कपडा तथा सिलाइ ब्यवसायीले गर्यो राहत वितरण

सोमबार, ८ बैशाख २०७७

बुटवल – नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिकाका विपन्न तथा गरिव परिवारलाई राहत वितरण गरेको छ । जिल्ला अध्यक्ष शुभाष परियारको सक्रियतामा सोमबार कोरोना भाइरसको महामारीका कारण निरन्तर लकडाउनबाट पिडितहरुलाई राहत वितरण गरिएको हो ।

तिलोतमामा मजदुरी गर्दै आएका बिपन्न बर्गको जीवन अत्यन्त कष्टकर भएपछि संघको तर्फबाट ज्यालादारी मजदुर , सिलाइ कर्मी कालिगड, निम्न बर्गका ४० घर परिवारलाई तिलोत्तमा नगरपालिका वडा न २ अध्यक्ष दधिराम गौतमको उपस्थितिमा खाद्यान्न लगायत राहत सामग्री बितरण गरिएको हो ।

राहत वितरण कार्यमा जिल्ला अध्यक्ष परियारसहित वरिष्ठ उपाध्यक्ष रमेश आब्जु , नगर अध्यक्ष प्रेम परियार, जिल्ला तथा नगरका सम्पूर्ण पदाधिकारी, सदस्य तथा ब्यवसायी महानुभावहरुको उपस्थिति रहेको थियो ।