आज थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ पुग्यो
काठमाडौं – नेपालमा कोरोना भाईरस संक्रमितको सङ्ख्या ४३ गुगेको छ । मंगलबार एकैदिन ११ जना संक्रमित भेटिएको उदपुरमा बुधबार थप एकजनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो संक्रमित महिलाको बारेमा स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि नगरेपनि जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरले यसको पुष्टि गरेको छ । राष्ष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
अहिले उनलाई उपचारका लागी विराटनगर अस्पताल पठाईएको छ । बुधबार संक्रमित भेटिएकी ती महिलाका श्रीमानमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि अहिले उपचाररत छन ।