कविता : बाबा हाम्रो देश यस्तै छ
बाबा
कतै भोकले विलास छ
अर्को तिर सरकार नै त्यस्तै छ
मानविय एकता नी छैन
कतै उठिवास छ
कतै मधुमास छ
हाम्रो देश यस्तै छ
बाबा हाम्रो देश यस्तै छ !
न बाच्नुको अर्थ छ
न भनु को अर्थ छ
क्षमता हिन सरकार सामु
न विकास
न कुनै कुरा निकास छ
अन्धकारले देश नै बन्दछ
कुनै भाव छैन
सबै कुराले अभाव छ
हाम्रो देश यस्तै छ
बाबा हाम्रो देश यस्तै छ !!
३४ किलो सुन छिर्ने कानुन छ
तर १ पाकेट गरीबले ल्याएको
मिठाइ छिर्न मनाइ छ
दलाल अनी भष्टहरुलाई समान छ
राष्ट बादी अनी राष्ट प्रेमिहरुलाई धम्की छ
हाम्रो देश यस्तै छ
बाबा हाम्रो देश यस्तै छ !!!
न्याय माग्न जादा गोली पाईन्छ
सरकार बिरुद बोल्दा चिसो
जेलको हावा पाईन्छ
अनी
हक अधिकारको को लागि
आन्दोलन गर्दा कर्फु लागाइन्छ
हाम्रो देश यस्तै छ
बाबा हाम्रो देश यस्तै छ !!!