एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनीद्वारा जोरपाटीमा राहत वितरण

बुधबार, १० बैशाख २०७७

काठमाडौं – एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का सञ्चालकहरुले आज गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा राहत वितरण गरेको छन् ।
कम्पनीका सञ्चालकहरु राम बहादुर विष्ट, राजेन्द्र प्रसाद हाडा, गोपाल अधिकारी र प्रकाश शेर्पाइलीले वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदीसँग समन्वय गरेर राहत वितरण गरेका हुन् ।
राहत वितरणमा अति विपन्न गरीब, निमुखा तथा दैनिक ज्याला मजदुरी गर्ने मजदुर र अपाङहरुलाई प्राथमिकताका दिएको उनीहरुले बताए ।
यस्तै काठमाडौंको चाबहिलमा पनि राहत वितरण गरिएको छ । अपाङ्ग र निमुखाहरु त्यहाँसम्म पुग्न नसकेपछि घर–घरमा राहत पु¥याइएको प्रकाश शेर्पाइलीले बताए ।
विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएको अवस्थामा त्यसलाई मध्यनजर गर्दै राहत वितरण गरिएको प्रकाश शेर्पाइलीले बताए । अहिले सर्वत्र विभिन्न संघसंस्थाहरुले राहत वितरण गरिरहेका छन् । वितरण गरिएको राहत सामग्रीमा चामल, दाल, तेल नुन लगायतका खाद्य राम्रग्री रहेका छन् ।