डेरामा बस्ने विद्यार्थिलाई युवा नेता कुँवरद्वारा राहत वितरण

बुधबार, १० बैशाख २०७७

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अध्यायनको सिलसिलामा डेरा गरेर बस्ने विद्यार्थीहरुलार्इ राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण डेरा गरेर बसेका विद्यार्थिहरुलाई खाद्यन्नमा समस्या भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता युवराज कुँवर नेतृत्वको टोलीले व्यक्तिगत रुपमा राहत उपलब्ध गराएका हुन ।

वुधबार धनगढीको हसनपुर, तारानगर, जाली, शिवनगर, विशालनगर, बुद्ध चोक, क्याम्पस रोड, मिलनचोक, लगाएतका ठाउँमा बस्ने विद्यार्थीलाई खाद्यन्न हस्तान्तरण गरिएको हो । कुँवरले पहिलो चरणमा दुई सय विद्यार्थीहरुकोे खाद्यन्न, पानी लगाएतका सामग्री राहत सहयोग गरेका हुन ।

यसै गरी जिल्ला प्रहरी कार्यालय कैलाली र धनगढी वडा प्रहरीलाई विस्कुट र पानी समेत उपलब्ध गराएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्ला तथा गाउँबाट डेरा गरेर बस्ने विद्यार्थिलाई चामल, दाल, नुन तेल लगाएतका खाद्यन्नका सामाग्री उपलब्ध गराएको युवराज कुँवरले बताए । उनले भने, ‘यस्तो संकटमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई असर पुगेको छ । विद्यार्थिका पिरमर्का हामीले बुझेका छौं । यो पहिलो चरण हो, हामी निरन्तर सहयोग गर्न चाहन्छौं । विद्यार्थीलाई हामी भोकै मर्न दिन्नौ ।’

कुँवरले अहिलेसम्म सम्पर्कमा आएका विद्यार्थिहरु सहयोग गरेको बताए । सम्पर्कमा आएका सबैलाई राहत उपलब्ध गराउन तिर लागेको कुँवरले बताए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले देशभर बन्दाबन्दीमा छ । कुँवरले अनेरास्ववियुका सचिवालय सदस्य समेत हुन । उनी लामो समय देखी विद्यार्थी राजनीतिमा सक्रिय छन् ।