अलपत्र परेका लकडाउन पिडितलाई व्यवसायीको समूहले गर्यो राहत वितरण

बुधबार, १० बैशाख २०७७

काठमाडौं – कोरोना भाइरस (कोभिडि १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट अलपत्र परेका पिडितहरुलाई व्यवसायीको समूहले राहत वितरण गरेको छ । राइटपाथ करिअर काउन्सिलिङका र सस रेस्टुरेन्ट किर्तिपुरको संयुक्त टोलीले राहत वितरण गरेको हो ।

हिडेरै गाउँ जानका लागि कस्सिएकी दुई वटा बच्चाकी आमा लगायत सयौंलाई डिसीले राहत उपलब्ध गराएका हुन । कलङ्की चोकमा करिव १ र २ बर्षका २ बच्च बोकेर राहतको प्रतिक्षा गरिरहेकी महिलालाई विभिन्न खाध्य सामाग्री हस्तान्तरण गरेको राइटपाथका संचालक फिलिप डिसीले बताए ।

मोटिभेट न्यूजसँग कुरा गर्दै डिसीले भने, ‘असहाय बटुवाहरुलाई बाटोमा यात्रा गर्दा थोरै भएपनि राहत होस् भन्ने हेतुले हामीले पानी, विस्कुट, चाउचाउ, चकलेट, भुजियाका पोकाहरु वितरण गरेका छौं । उहाँको पिडाले मन छोयो । उहाँलाई पनि हामीले राहत दिदै गन्तव्यसम्म पुग्नका लागि सहयोग गयौं ।’

उनले अगाडी भने, ‘बटुवाहरुलाई थोरै भएपनि दुखिहरुको दुखःमा साथ दिन पाउदा हामीले अत्यन्तै भाग्यमानी महसुश गरिरहेका छौ ।’ राहत वितरण गर्नका लागि फिरोज सिंह, राजकृष्ण महर्जन, बिनोद महर्जन, सुदिप महर्जन, कमल महर्जन, राजु महर्जन लगायतले सहयोग गरेको डिसले बताए ।

लकडाउनका कारण हजारौं मानिसहरु काठमाडौंमा खान र बस्न समस्या भएपछि हिडेरै लामो दुरीको यात्रा गर्न बाध्य भएका थिए । अहिले सर्वोच्च अदालतको आदेश पछि स्थानिय सरकारले काठमाडौंबाट उद्वार गरि आफ्ना नागरिकलाई गाउँ पुर्याइरहेको छ ।

हेर्नुहोस राहत वितरणको भिडियो

https://www.youtube.com/watch?v=pCwu2K30zGY