नेपाल प्रहरीका २४ डीएसपी एसपीमा बढुवा , को–को परे ? सूचीसहित

बिहिबार, ११ बैशाख २०७७

काठमाडौं – नेपाल प्रहरीको २४ जना नायब प्रहरी उपरीक्षक९डीएसपी०को बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालयले बुधवार २४ जना नायब प्रहरी उपरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढूवा सिफारिस गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय, मुस्तांगका तुल बहादुर कार्की रहेका छन् । यस्तै दोस्रो नम्बरमा महानगरीय प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र काठमाडौंका होबिन्द्र बोगटी बढुवा सूचीमा दोस्रो नम्बरमा रहेका छन् ।

यसैगरी बेद विष्ट, राकेश सिंह, राजिब बहादुर बस्नेत, प्रविण लाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिब कुमार श्रेष्ठ, शान्तिराज कोईराला, संजय सिंह थापा, महेन्द्र खड्का बढुवा सिफारिसमा परेका छन् ।

यस्तै दिपक पोखरेल प्रभु प्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ला, बामदेब गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रणिण धिताल, दयानिधि ज्ञवाली तथा राजेन्द्र प्रसाद धमला बढुवा सिफारिसमा परेका छन् ।